National life

नेपाल रिपब्लिक मिडियाद्वारा १३ लाख बढी नाफा आर्जन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
727Shares
नेपाल रिपब्लिक मिडियाद्वारा १३ लाख बढी नाफा आर्जन
ncell

काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीकाे ४ करोड ८२ लाख रुपैयाँ घाटा थियो ।

समीक्षा अवधिमा कम्पनीले २६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन अघिल्लो वर्षको तुलनामा २८.३६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको समीक्षा अवधिमा सञ्चालन मुनाफा १७७.०३ प्रतिशतले बढेर ७ करोड १५ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ५८ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको रिनेन्ड अर्निङ ५० करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । अघिल्लो वर्ष पनि रिनेन्ड अर्निङ ५१ करोड ८ लाख रुपैयाँले ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?