National life

नेपाल र चीनबिच विवादित बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
837Shares
नेपाल र चीनबिच विवादित बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
ncell

काठमाडौँ। चीनको बेइजिङमा नेपाल सरकार र चीन सरकार बीच बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर गरिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बुधवार बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नेपालका तर्फबाट बीआरआई अन्तर्गत अनुदानमा लिने गरी परियोजनाहरू प्रस्ताव गरिए पनि चिनियाँ पक्षले असहमति जनाएको हो । चीनको असहमति पछि फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दा पनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबिच समझदारी भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले हिल्सा(सिमकोट सडक, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-काठमाडौँ सीमापार रेलमार्ग, काठमाडौँ-हेटौंडा पोडवे, दुई सय २० केभी प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय लगायतका विषय अनुदानमा लिने गरी प्रस्ताव गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
837SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?