काठमाडौँ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वाणिज्य बैंकसहित सात कम्पनीको सेयर मूल्य समायोजन भएको छ।
आज नेप्सेमा सात कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो । जसमा महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको समायोजन पश्चात् कम्पनीको मूल्य ३७७.६७ रुपैयाँ कायम भएको छ।
कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ३३३.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात् कम्पनीको मूल्य ३२४.१७ रुपैयाँ कायम भएको छ।
त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। समायोजन पश्चात् कम्पनीको मूल्य १३७८.०७ रुपैयाँ कायम भएको छ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। समायोजन पश्चात् कम्पनीको मूल्य ८६१.२० रुपैयाँ कायम भएको छ।
त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पश्चात् मूल्य ५७१५.५४ रुपैयाँ कायम भएको छ। मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको समायोजन पश्चात् मूल्य ६३५.३९ रुपैयाँ कायम भएको छ।
चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ५७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात् मूल्य ५१८.१८ रुपैयाँ कायम भएको छ।
सोमबार सार्वजनिक बिदा भएको कारण मंगलबार समायोजित मूल्यलाई आधार मानेर यी सात कम्पनीको कारोबार खुला हुनेछ ।


































