काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । सूचकमा आएको गिरावटसँगै केही दिनयता कारोबार रकम १० अर्बभन्दा तल खुम्चिएको छ ।
साताको अन्तिम कारोबारका दिन आज ८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार नेप्से सूचक ३१.३१ विन्दुले घटेर सूचक २६८०.४४ अंकमा कायम भएको छ ।
आज फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घटेको छ भने बैंकिङतर्फ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, माइक्रो फाइनान्स ०.६८, निर्जीवन बीमा १.१६ प्रतिशत घटेको छ ।
आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । उक्त दिन बजारमा गिरावट आउँदा पनि सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
सेयर बजार अघि बढाउनका लागि नियामक निकाय तथा सरकारले बजार सुधारका लागि सोही अनुसारका उपयुक्त नीति नियम ल्याउने आशामा लगानीकर्ता रहेका छन् ।





































