National life

पदयात्राका लागि प्रख्यात मानिने अन्नपूर्ण क्षेत्रमा एक लाख ४४ हजार पर्यटक भित्रिए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
952Shares
पदयात्राका लागि प्रख्यात मानिने अन्नपूर्ण क्षेत्रमा एक लाख ४४ हजार पर्यटक भित्रिए
ncell

काठमाडौँ । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध मानिने अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारी अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार नौ सय ६९ र अन्य मुलुकका १८ हजार दुई ९६ गरी कूल ३५ हजार दुई सय ६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा.रविन कडरियाले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत असोजमा २८ हजार सात सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

यो वैशाख महिनामा पर्यटक सङ्ख्या थप बढ्ने प्रमुख डा कडरियाको अनुमान छ । गत आवको वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ ।

सडक मार्ग भएर मनाङ, मुस्ताङलगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकिन छैन । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। उक्त सङ्ख्या हालसम्मकै उच्च हो ।

त्यसअघि सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्य छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्य स्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
952SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?