काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । निरन्तर रूपमा आएको गिरावटलाई ब्रेक गर्दै सुनको मूल्य पुनः बढ्न थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढ्ने कारण यथावत् रहेको कारण मूल्यले फेरि उचाइ लिने महासंघको भनाई छ ।




































