National life

पोखरालाई पर्यटनको ट्रान्जिटका रुपमा विकसित गर्नुपर्छ : अर्थमन्त्री महत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
1.2kShares
पोखरालाई पर्यटनको ट्रान्जिटका रुपमा विकसित गर्नुपर्छ : अर्थमन्त्री महत
ncell

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

मन्त्री डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जान पोखरा केन्द्रबिन्दु हुनसक्छ ।’

त्यस्तै अन्तर्राष्ट्रिय हवाइ अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको उनले जानकारी दिए । उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि देश लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन ।’

पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने उनले बताए । ‘हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गर्छौं । भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौती सरकारसँग छ’, उनले भने ।

उनले नेपालको अर्थतन्त्रमा प्रभाव पार्ने अनेक कारण रहेको बताए । उनले भने, ‘युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठूलो प्रभाव पर्यो, अर्थतन्त्रमा शिथिलता देखिएको छ ।’

मन्त्री महतले भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ किसिमले देखिएकाे बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?