काठमाडौं । आज आइतवारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ।
महासंघका अनुसार आज सुनचाँदीको मुल्य तोलामा ५ सयले घटेको छ। शुक्रवार १ लाख १८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सातको पहिलो कारोबारका दिन आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको छ ।
































