National life

प्रधानमन्त्री ओलीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
797Shares
प्रधानमन्त्री ओलीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने
ncell

काठमाडौं । माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गतेका लागि सारिएको छ । यसअघि माघ २ गतेलाई ‘ब्रेक थ्रु सेरेमोनी’ गर्ने भनिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको समय माघ ११ गते लाई मिलाएको कारण ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रम उक्त दिनका लागि सारिएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ। दक्षिणतर्फ ६०८ मिटर र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा बाँकी १.५ मिटर भाग ब्लास्ट गरिनेछ। यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ।

बाइपास एक १५१ मिटर, दुई १६१ मिटर, र तीन १३० मिटर टनेल रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीबाट बुटवल-गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ । मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइनेछ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको आयोजनाले उल्लेख गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?