काठमाडौँ । लामो दिनको बिदा पश्चात् आजबाट नियमित कारोबार खुला भएको नेप्सेको प्रि ओपन सेसनमा सूचक १.२६ विन्दुले बढेको छ।
यससँगै सूचक २६७८.८८ अंकमा आएको छ । १९ लाख ४७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको ३ हजार २ सय ८ कित्ता सेयर कारोबार भएको छ।
त्यस्तै, ९ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्यमा सामान्य गिरावट देखिएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४३ वटा कारोबार भएको छ ।


































