काठमाण्डौ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
संस्थाको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
उक्त बैठकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपशचात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले उल्लेख गरेको छ ।































