काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.५२ प्रतिशत कम हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.२७ प्रतिशत घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २६.६० प्रतिशत घटको छ भने सञ्चालन मुनाफा ९ करोड ११ लाख रुपैयाँबाट घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ १५ पैसा घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ ।
पछिल्लो तीन महिनामा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ११.५१ प्रतिशत बढेको छ। सो तीन महिनामा लघुवित्तको सापटी १३.३८ प्रतिशत घटेको छ भने कर्जा ६.८५ प्रतिशत घटेको छ ।
































