काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति रु
काठमाडौँ। फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले शेयर धनीको स्वामित्वमा रहेको २८ हजार ३०१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ ।
सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयर धनीले नारायण चौर नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आई पुग्ने गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
































