काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रस्तुत विवरण अनुसार कम्पनीको खुद नाफा ३८.६८ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा उक्त खुद नाफामा कमी आएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड १ लाख रुपैयाँबाट घटेर ६ करोड रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन नाफामा समेत ७ करोड २४ लाख रुपैयाँबाट घटेर ४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा खराब कर्जा १.९१ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) १६.०६ रुपैयाँबाट घटेर १०.०८ रुपैयाँमा झरेको छ। यसै अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ९ करोड ८ लाख रुपैयाँबाट घटेर ५ करोड ९९ लाख रुपैयाँमा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.३२ रुपैयाँ छ।































