काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । मंगलवारका दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो।
मंगलबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।

































