काठमाडौं। इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद) को अवसरमा सरकारले भोलि बिहीबार (चैत २९ गते) सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले भोली सार्वजनिक बिदा दिएको जानकारी दिएको छ । तसर्थ, त्यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्।
त्यसपश्चात क्रमशः बिदाको दिन पर्ने भएकोले अब सेयर बजार आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरू पनि वैशाख २ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।


































