काठमाडौँ । सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँड गरिने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बाँडफाँड साउन १६ गते बिहान ८ बजे गर्ने जनाएको छ ।
उक्त एफपीओ बाँडफाँड कार्यक्रम नागपोखरीमा रहेको कुमारी क्यापिटलको कार्यालयमा गरिने भएको छ । संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो।
सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १६ लाख ५६ हजार ८२६ आवेदकहरूबाट २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।
यसमा ४ हजार ६७३ जनाले १० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । यस हिसाबले १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने निश्चित भएको छ ।

































