National life

बैंकिङ्ग प्रणालीको निक्षेपमा ६ अर्बले वृद्धि, कर्जा प्रवाहमा समेत बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
532Shares
बैंकिङ्ग प्रणालीको निक्षेपमा ६ अर्बले वृद्धि, कर्जा प्रवाहमा समेत बढोत्तरी
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेपमा निरन्तर वृद्धि आएको छ । जस अनुसार पुष ७ गते बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ६५ अर्ब निक्षेप संकलन भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ५९ अर्ब निक्षेप संकलन भएको थियो । यसलाई लेखाजोखा गर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा ६ अर्बले वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन समेत वृद्धि भएको छ ।  वित्तीय संस्थाहरूमा ३ अर्ब रुपैयाँले बढेको तथ्यांकमा उल्लेख छ । पुष ६ गते ५९ खर्ब २३ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले ७ गते ५९ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका छन्।

निक्षेप संकलनसँगै कर्जा प्रवाहमा समेत वृद्धि भएको छ। पुष ६ गते ५३ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा पुष ७ गते ५३ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि ४ अर्बको वृद्धि  देखिएको छ। पुष ६  गते ४७ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ७ गते ४७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?