National life
cg eloctronics

बैंकिङ प्रणालीको निक्षेप २ अर्ब रुपैयाँ घट्यो, अन्तरबैंक ब्याजदर स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
729Shares
बैंकिङ प्रणालीको निक्षेप २ अर्ब रुपैयाँ घट्यो, अन्तरबैंक ब्याजदर स्थिर
ncell

काठमाडौँ। एकै दिन बैंकिङ प्रणालीको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १५ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १५ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन रहेको छ । वैशाख १४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।  वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेको छ।

कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। वैशाख १४ गतेका दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २४ अर्ब रहेको थियो ।

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि स्थिर नै छ । वैशाख १४ गतेसम्म ५१ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह वैशाख १५ गतेसम्म पनि त्यति नै रहेको छ । सिडी रेसियो  ८०.८१ प्रतिशतबाट घटेर ८०.७७ प्रतिशत कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?