National life
cg eloctronics

बैंकिङ प्रणालीको निक्षेप संकलन एकै दिनमा ५ अर्ब रुपैयाँले थपियो, कर्जा प्रवाह स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
451Shares
बैंकिङ प्रणालीको निक्षेप संकलन एकै दिनमा ५ अर्ब रुपैयाँले थपियो, कर्जा प्रवाह स्थिर
ncell

काठमाण्डौं। एकै दिन बैंकिङ प्रणालीको निक्षेप संकलन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले बैंकको आँकडा अनुसार असार २७ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ६२ अर्ब रहेको देखिएको छ ।

यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ थपिएको हो। वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्बले बढ्दै ५७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत असार २६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५७ खर्ब २९ अर्ब रुपैयाँ थियो । अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्ब रुपैयाँले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २९ अर्ब रहेको छ ।

निक्षेप संकलन बढेता पनि बैंकिङ प्रणालीको कर्जा प्रवाह भो स्थिर रहेको छ । गत असार २६ गतेसम्म ५१ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार २७ गतेसम्म पनि ५१ खर्ब ५० अर्ब रुपैयाँ बराबरकै कर्जा प्रवाह भएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि स्थिर अर्थात् ४५ खर्ब ५५ अर्ब रहेको छ । असार २६ गतेसम्म ७७.७५ प्रतिशत रहेको सीडी रेसियो घटेर ७७.६९ प्रतिशतमा सीमित बनेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?