काठमाडौँ। बोटलर्स नेपाल (तराई) लिमिटेडले शेयर धनीहरूका लागि लाभांश घोषणा गरेको छ ।
बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयर धनीलाई लाभांश दिने निर्णय गरेको हो ।
बैठकले ५० प्रतिशत अर्थात् प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले गत वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।



































