काठमाडौँ । धितो पत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ। बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठक कमिसन घटाउने निर्णय गरेको हो ।
धितो पत्र बोर्डले गरेको उक्त ब्रोकर कमिसन घटाउने निर्णय भने ‘जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।’
धितो पत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो।

































