National life

भदौमा १३ बैंकको ब्याजदर घट्दा एक बैंकको बढ्यो, बाकीले साउनकै निरन्तरता दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
565Shares
भदौमा १३ बैंकको ब्याजदर घट्दा एक बैंकको बढ्यो, बाकीले साउनकै निरन्तरता दिने
ncell

काठमाडौँ । भदौ १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

आज प्रकाशसित गरेको बैंकहरुको विवरण अनुसार औसतमा व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ ।

साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
औसतको ब्याजदर भदौ महिनाको लागि ०.२१ विन्दुले घटेको हो । भदौ महिनाको लागि १३ बैंकको ब्याजदर घटेको छ भने ६ बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । भने १ बैंकले ब्याजदर बढाएको छ । प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो ।

यता, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् । भदौ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने छन्।

व्यक्तिगत मुद्दती निक्षेपमा ती कम्पनीहरूले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन्। सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ। यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?