National life

भाखा नाघेका ऋणीलाई एनआईसी एशिया बैंकले ल्यायो ब्याज छुटको योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
415Shares
भाखा नाघेका ऋणीलाई एनआईसी एशिया बैंकले ल्यायो ब्याज छुटको योजना
ncell

काठमाडौँ । बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि एनआईसी एशिया बैंकले विभिन्न ब्याज छुट योजना सार्वजनिक गरेको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यो अफर ल्याएको जनाएको छ ।

बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत विभिन्न छुट प्रदान गर्ने जनाएको छ ।

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेका कर्जामा १५ प्रतिशत ब्याज छुट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको भाखा नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था बैंकले गरेको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
415SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?