नयाँ दिल्ली । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्य घटाएको छ । भारतले ग्यासकाे मूल्य प्रति सिलिन्डर २ सय भारु घटाएको हाे ।
बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।
अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ ।
यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

































