National life

भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुग्याे, नेपालमा पनि मूल्य वृद्धि हुनसक्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
622Shares
भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुग्याे, नेपालमा पनि मूल्य वृद्धि हुनसक्ने
ncell

काठमाडाैं । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ ।

राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।

त्यस्तै, काठमाडौंको कालीमाटी थोकबजारमा प्रतिकेजी १०७ रुपैयाँ पुगेको छ । भारतको बजारको तुलनामा नेपालमा प्याजको मूल्य झन्डै एकतिहाई सस्तो उपलब्ध छ ।

भारतीय बजारमा प्याजको मूल्यमा निरन्तर वृद्धि हुन थालेपछि भारत सरकारले निर्यातको लागि न्यूनतम मूल्य तोक्ने काम गरेको छ । भारत सरकारले बफर समयको लागि प्याजको भण्डारका लागि भन्दै २ लाख टन खरिद गर्ने भएको छ । साथै निर्यातमा कायम गरिएको मूल्य डिसेम्बर अन्तिमसम्म लागू हुने भारत सरकारले जनाएको छ ।

मौसमका कारणले भारतमा प्याजको रोपाइमा ढिला भएको र उत्पादन आउन पनि ढिला भएको कारणले प्याजको मूल्यमा वृद्धि भएको अनुमान गरिएको छ ।

नेपाल लामो समयदेखि खाद्यान्न तथा तराकारी फलफूलमा भारतसँग निर्भर हुँदै आएकाले भारतमा हुने मूल्य वृद्धिको सोझो असर नेपाली बजारमा परेको देखिन्छ । अझै दुई महिनासम्म भारतले प्याजको निर्यात मूल्य निर्धारण गरेको र भारतीय बजारमा प्याजको मूल्यमा दैनिक रुपमा नै वृद्धि भइरहेकोले नेपालमा पनि आगामी दिनमा अधिक मूल्य वृद्धि हुनसक्ने अनुमान गर्न सकिन्छ ।

भारत सरकारले प्याजको मूल्यवृद्धि रोक्न ठोस कदम चाल्ने योजनामा काम गरिरहेको छ। उसले प्याजको मूल्यवृद्धिलाई रोक्न शनिबार ठूलो निर्णय गरेको छ।

प्याज निकासीमा ठूलो घोषणा आन्तरिक बजारमा प्याजको उपलब्धता बढाउन र मूल्य नियन्त्रण गर्न भारत सरकारले शनिबार यो प्रमुख तरकारीको निर्यातमा आउँदो डिसेम्बर ३१ सम्मको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रतिटन ८०० डलर तोकेको छ। यो निर्णय आज अक्टोबर २९ देखि लागू भएको छ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?