National life

भारतमा ८०–९०% चिया निर्यात, सहजीकरणका लागि कूटनीतिक पहल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
893Shares
भारतमा ८०–९०% चिया निर्यात, सहजीकरणका लागि कूटनीतिक पहल
ncell

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले भारततर्फ चिया निर्यातमा देखिएको समस्या समाधानतर्फ सरकार अघि बढेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले निर्यात सहजीकरणका लागि निरन्तर पहल भइरहेको जानकारी दिइन्।

मन्त्री यादवका अनुसार नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुन्छ, जसको ८० देखि ९० प्रतिशत भारतमा निर्यात हुँदै आएको छ। तर पछिल्लो समय निर्यात प्रक्रियामा देखिएको अवरोध हटाउन मन्त्रालयले चैत ३० गते नै सम्बन्धित निकायमा पत्राचार गरेको उनले बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले चिया विकास बोर्डसँग वैशाख २८ गते छलफल भएको र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग समेत वार्ता भइरहेको जानकारी दिइन्। अर्थोडक्स चिया मुख्य रूपमा भारतमा मात्र निर्यात हुने गरेको पनि उनले उल्लेख गरिन्।

त्यस्तै, भारत हुँदै तेस्रो मुलुकमा चिया निर्यात सहज बनाउन पनि कूटनीतिक पहल भइरहेको उनले बताइन्। उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य निर्धारण भन्सार विभागमार्फत र गुणस्तर अनुगमन उपभोक्ता विभागमार्फत भइरहेको जानकारी समेत दिइयो।

यसैबीच, सर्वोच्च अदालतको आदेशअनुसार लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन्। विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल आसपास १५ किलोमिटर क्षेत्रमा रहेका उद्योग हटाउने निर्णय कार्यान्वयनमा रहेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?