National life

भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
673Shares
भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान
ncell

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न भारतीय व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

भर्खर मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको अर्थमन्त्री महतले उल्लेख गरे ।

नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न उनले अनुरोध समेत गरे ।

नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्न सक्ने , भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धि क्षमता समेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा उनले बताए ।

गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायिहरू नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न ईच्छुक रहेको बताउदै त्यसकोलागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे ।

कार्यक्रममा अर्थ मन्त्रालय र दिल्ली स्थित नेपाली दुताबासका अधिकारीहरूले लगानी सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?