National life

भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२३ सुरु (फोटो फिचरसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
660Shares
भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२३ सुरु (फोटो फिचरसहित)
ncell

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) सुरु भएको छ। उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री रमेश रिजालले एक्स्पोको उद्घाटन गरेका छन्।

असोज १४ सम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रवेश नि:शुल्क गरिएको एक्स्पोमा सहभागी हुने व्यवसायीले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउनेछन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउनेछन् ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको आयोजकले जनाएको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन गरिएको छ ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ब्रान्डहरुको सहभागिता रहेको छ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पो स्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध गराइएको छ।

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?