National life

मंसिर महिनाका लागि ११ बैंकहरुले ब्याजदर घटाउँदा ९ बैंकको स्थिर, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
752Shares
मंसिर महिनाका लागि ११ बैंकहरुले ब्याजदर घटाउँदा ९ बैंकको स्थिर, कुनको कति ?
ncell

काठमाडौँ । मंसिर महिना १ गतेदेखि लागु हुनेगरि अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। भने केही बैंकहरुले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

मंसिर महिनाका लागि औसतमा व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर ५.९७ प्रतिशत कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कात्तिक महिनामा औसत ब्याजदर ६.१८ प्रतिशत कायम थियो।

पछिल्ला महिनाहरूमा बैंकहरुले लगातार जसो ब्याजदर घटाइरहेका छन् । कर्जा प्रवाह हुन नसकेको कारण प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चलिहरेको छ । औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.२२ प्रतिशत बिन्दुले घटेको छ।

शुक्रवार ११ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । भने ९ बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अघिल्लो महिनाकै व्याजदर निरन्तरता दिनेमा नेपाल बैंक, सिद्धार्थ, नेपाल एसबिआई, एभरेष्ट, प्रभु, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंक छन् ।

मंसिर महिनाका लागि माछापुच्छ्रे, एनएमबि, लक्ष्मी सनराइज, नबिल, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, एनआइसी एशिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका हुन् ।

बैंकहरुले विगत १ वर्षदेखि लगातार जसो ब्याजदर घटाइरहेका छन्। अहिले ब्याजदर एकल अंकमा आइसकेको छ । ब्याजदर निरन्तर घट्दा सेयर बजारका लगानीकर्तालाई भने लाभ हुने  अनुमान गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?