National life
cg eloctronics

मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
689Shares
मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
ncell

मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।

कार्यालयले अन्तरशुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ ।

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ रु ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ रु छ करोड ३५ हजार, घरबाहलतर्फ स्रोतमा रु दुई करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ रु सात हजार मात्र राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ ।

कार्यालयले अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब रु ४० करोड १४ लाख ४७ हजार थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिए । कार्यालयले अघिल्लो आव २०७८/७९ मा रु छ अर्ब २७ करोड ७४ लाख १४ हजार कूल राजस्व असुली गरेको थियो । रासस

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?