National life
cg eloctronics

मागभन्दा १४ गुणा बढी आवेदन परेको महुली लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
1KShares
मागभन्दा १४ गुणा बढी आवेदन परेको महुली लघुवित्तको  एफपीओमा आवेदन दिने अन्तिम मौका
muktinatha bikash bank

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज पुस ९ गते मंगलबार अन्तिम दिन रहेको छ ।

एफपीओ निष्कासनको पहिलो दिनमै १४ गुणा आवेदन परेको छ । यस लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सोमबार साँझसम्ममा यस कम्पनीको एफपीओमा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो आवेदन मागभन्दा ४१.३५ गुणा बढी हो।

everest bank

यस कम्पनीले पुस ५ गतेदेखि एफपीओ जारी गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?