National life

मिर्मिरे लघुवित्तको नाफा घट्याे, यस्ता छन् अन्य सूचांक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
584Shares
मिर्मिरे लघुवित्तको नाफा घट्याे, यस्ता छन् अन्य सूचांक
ncell

काठमाडौं । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४।९४ प्रतिशत कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.८१ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २३.६५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७१.२१ प्रतिशत घटेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ३ करोड ३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.६५ प्रतिशतबाट बढेर ४.७१ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर ३ करोड २ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४६ पैसा घटेर ८ रुपैयाँ ३५ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ८६ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ८४.९ गुणा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?