National life

मुक्तिनाथ कृषि कम्पनी र बिफक्याप नेपालबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
1.6kShares
मुक्तिनाथ कृषि कम्पनी र बिफक्याप नेपालबीच सम्झौता
ncell

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र बिफक्याप नेपालबीच कृषि क्षेत्रसँग सम्बन्धित मानव संसाधनको विकास र तालिमसम्बन्धि सम्झौता भएको छ ।

काठमाडौंको बसुन्धरास्थित एक कार्यक्रमकाबीच भएको सम्झौतामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कम्पनीतर्फबाट कम्पनी सचिव रामशरण तिमल्सिना र बिफक्याप नेपालको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार विभिन्न बैंक तथा वित्तीय क्षेत्रका मानव श्रोतलाई कृषिमा आधारित उद्यम/व्यवसायको प्राविधिक ज्ञान प्रवाह, सीप अभिवृद्धि, पाठ्यक्रमको योजना बनाउने, स्रोतसाधनको व्यवस्था गर्ने, कृषि मूल्य शृङ्खला व्यवस्थापन, कार्बन खेती र त्यस क्षेत्रसँग जोडिएको लगानीको विषय, दिगो बैंकिङ र ग्रिन बैंकिङसँग सम्बन्धित तालिम तथा सेमिनारहरु आयोजना गर्नेछ ।

साथै, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले कृषि क्षेत्रका थुप्रै विषयमा प्रशिक्षणसमेत गर्न पाउने जानकारी सम्झौतामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कृषिमा दीर्धकालिन योजनाका साथ अघि बढ्नको लागि आवश्यक प्राविधिक सहयोग तथा रिर्सच जस्ता क्षेत्रमा एक साथ काम गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?