National life

मूल्य वृद्धि दरमा गिरावट , चिनीजन्य वस्तु बढ्दा घ्यू तथा तेल घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
703Shares
मूल्य वृद्धि दरमा गिरावट , चिनीजन्य वस्तु बढ्दा घ्यू तथा तेल घट्यो
ncell

काठमाडौं । वैशाख महिनामा मूल्य वृद्धि दरमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ।

त्यस्तै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २३.११ प्रतिशत छ ।

दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत रहेको छ। त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ ।

त्यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?