National life

मृत्युवरण गरेका मान्छेको नमुना कार्ड बनाउदै पेन्सन खाईरहेका बैंकका कर्मचारी प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
504Shares
मृत्युवरण गरेका मान्छेको नमुना कार्ड बनाउदै पेन्सन खाईरहेका बैंकका कर्मचारी प्रकाउ
ncell

काठमाडौँ। मृत्यु भएका मान्छेहरूको पेन्सनलाई बैंकबाट आफैँले झिकेर लिँदै ठगी गर्ने गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन् ।

वाणिज्य बैंकको महाराजगन्ज शाखाका कार्यालय सहयोगी पुण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैँले पेन्सन लिने गरेको पाइएकोले जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीलाई बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग प्रहरीले अनुमति मागेको छ । प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर अधिकारीले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैँले पेन्सन लिएको अनुसन्धानमा खुल्न आएको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको र देखाएर पेन्सन भने आफैँले लिने गरेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?