National life

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली आज भारत जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
874Shares
मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली आज भारत जाँदै
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज अपराह्न नयाँ दिल्ली जाने भएका छन्।

प्रधानमन्त्री दाहालसँगै उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् ।

भारतीय जनता पार्टीका नेता मोदीले आज तेस्रो कार्यकालका लागि साँझ शपथ लिने कार्यक्रम छ। शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबिच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले शनिवार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो।

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। मोदीले भारतको नेतृत्व सम्हाल्ने बित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
874SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?