National life
cg eloctronics

मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, तेस्रो समीक्षा जेठ १५ भित्र सार्वजनिक हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
523Shares
मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, तेस्रो समीक्षा जेठ १५ भित्र सार्वजनिक हुने
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अगाडि मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गरेको छ ।

बैंकले तेस्रो समीक्षा जेठ १५ भित्र सार्वजनिक हुने गरेर मौद्रिक नीति तर्जुमा कार्यविधिमा संशोधन गरेको हो  । मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार त्रैमासिक समीक्षा त्रैमास सकिएको ३० दिनभित्र गरिसक्नु पर्ने व्यवस्था थियो । जसलाई संशोधन गरेर ४५ दिन बनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

योसँगै अब तेस्रो त्रैमासिक समीक्षा जेठ १५ भित्र सार्वजनिक हुनेछ । चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय क्षेत्रको तथ्यांक संकलन भइरहेकाले जेठ पहिलो सातासम्म मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने गरी तयारी हुने राष्ट्रबैंकको भनाई छ ।

साथै, वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र आउनेछ । यसअघि वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको भएको ७ दिनभित्र ल्याइसक्नुपर्ने व्यवस्था थियो ।  तोकिएको समयभित्रै समीक्षा सार्वजनिक गर्न केही असहज भएपछि केन्द्रीय बैंकले कार्यविधिको संशोधन गरेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै चालु आवबाट कर्जा नियमित भएको ६ महिनासम्म प्रोभिजन ‘राइट ब्याक’ गर्न नपाइने र कर्जासमेत सोही वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?