National life

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ फागुन २०८२, शुक्रबार
1.1kShares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलरको भाउमा सामान्य गिरावट देखिएको छ भने युरोको मूल्यमा वृद्धि भएको छ।

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार, आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा तोकिएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर परिमार्जन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले लागू गर्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?