National life

यी हुन काठमाडौँ महानगरको अनुसन्धान र कारबाही प्रक्रियामा परेका सात सहकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
924Shares
यी हुन काठमाडौँ महानगरको अनुसन्धान र कारबाही प्रक्रियामा परेका सात सहकारी
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको जनाएको छ ।

६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारीलाई आवश्यक अनुसन्धान गर्नका लागि महानगरले पत्र पठाएको जानकारी दिएको छ । यसमा बचत तथा ऋणतर्फ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन्। यस्तै बहुउद्देश्यीय सहकारीमा आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको जनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बचत सङ्कलन, सङ्कलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि अनुसन्धान ब्युरोमा पठाइएको महानगरको जानकारी छ ।  २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरिएको अनुगमन र त्यसका आधारमा तयार पारिएको प्रतिवेदनले ७ वटालाई अनुसन्धान र कारबाहीको प्रक्रियाका पठाएको महानगरको भनाई छ ।

अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको जनाएको छ । प्राप्त प्रतिवेदनका आधारमा ३२ वटा सहकारी संस्थाहरूलाई स्पष्टीकरण सोधिएको छ। ‘सबैले सफाइ पेस गरेका छन् । यसरी पेस गरिएका पत्रहरूको अध्ययन गरेर कारबाही विषयमा निर्णय लिने महानगरको तयारी रहेको छ ।

काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गम्भीरयता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म  जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?