National life

राजस्व छली गरी ल्याएको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
769Shares
राजस्व छली गरी ल्याएको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद
ncell

काठमाडौं । राजस्व छली ल्याइएको ३३ बोरा चिनी ईलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले बरामद गरेको छ।

रोशी गाउँपालिका-९ स्थित बिपी राजमार्ग अन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाण्डौंतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइ छिपाइ ल्याइएको ५० किलोका ३३ बोरा चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?