National life

सामाजिक सुरक्षा भत्ता अब विद्युतीय माध्यमबाटै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
683Shares
सामाजिक सुरक्षा भत्ता अब विद्युतीय माध्यमबाटै
ncell

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच साझेदारी भएकाे छ । पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन गर्न एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हाे ।

यस सम्बन्धमा हालै मात्र विभागका तर्फबाट विभागका निर्देशक दिल कुमार तामाङ्ग र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले दुवै संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल नेपाल सरकारको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल विभागमा ३७ लाख भन्दा बढी लाभग्राहीहरु आबद्ध छन् जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आइएको छ । यस सम्झौता पश्चात लाभग्राहीहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्न गैर वित्तीय जानकारीहरु समेत प्राप्त हुने व्यवस्थाको परिकल्पना अनुरुप लाभग्राहीको खाता सम्बन्धी विवरण रुजु गर्ने, लाभग्राहीको नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खाताबाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टाको र हिसाब मिलान गर्ने लगायतका सेवाहरु एनसीएचएल मार्फत उपलब्ध हुनेछन् । यस कार्यका लागि एनसीएचएल एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेश अन्तर्गतका विभिन्न उपकरणहरुको प्रयोग हुने र कारोबार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पिएसपी पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकहरुको पहिचान र हितका लागि सामाजिक सुरक्षा अन्तर्गत नगद प्रवाह र व्यक्तिहरुको डिजिटल पहिचान स्थापना गर्न राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै व्यक्तिगत घटनादर्ता लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । एनसीएचएल सँगको यस सहकार्यले विभागको सेवा प्रवाहलाई थप सहज बनाउने तथा हाल कायम रहेका र नयाँ लाभग्राहीहरुलाई डिजिटल सेवा प्रदान गर्न थप सुविधा हुने विश्वास गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?