काठमाडौँ । दुई वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ।
आवश्यक सावधानी नअपनाएको भन्दै केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षणका अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट अपनाउनुपर्ने पर्याप्त सावधानी नअपनाएकोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो।
राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत उक्त बैंकहरुलाई निर्देशन दिएको छ । यस्तै प्रभु बैंकलाई लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेतना दिएको छ ।































