National life

राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा मधुकुमार मरासिनीले लिए शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
994Shares
राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा मधुकुमार मरासिनीले लिए शपथ
ncell

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा शपथ ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसमक्ष मरासिनीले सर्वोच्च अदालतमा आज शपथ लिएका हुन्।

नेपाल राष्ट्र बैङ्क ऐनअनुसार, अर्थ सचिव राष्ट्र बैङ्क सञ्चालक समितिका सदस्य रहन्छन्। सञ्चालक समितिका अध्यक्ष भने गभर्नर हुन्छन्।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिव बनाउने निर्णय गरेको हो। उनी यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोजदेखि उनी निलम्बनमा थिए। विशेष अदालतले उनलाई सफाइ दिएपछि सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो।

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?