National life

रियलमीको डिस्ट्रिब्युटर मिट २०२३ काठमाडाैंमा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
652Shares
रियलमीको डिस्ट्रिब्युटर मिट २०२३ काठमाडाैंमा सम्पन्न
ncell

काठमाडाैं । सर्वाधिक विश्वससनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मिट २०२३ सम्पन्न गरेको छ। काठमाडाैंको नक्सालस्थित मेरियट होटेलमा आयोजना गरिएको डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलर सहभागी भएका थिए। आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिस्ट्रिब्युटर मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।

यसका साथै डिस्ट्रिब्युटरहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डिस्ट्रिब्युटर मिटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यस डिस्ट्रिब्युटर मिटमा उपस्थित हुनु भएका समस्त डिस्ट्रिब्युटरहरुप्रति हामी आभारी छौँ। हामी आपसमा सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै–सिकाउँंदै र एक अर्कालाई हौसला दिँदै आजको दिनसम्म आइपुगेका छौँ। डिस्ट्रिब्युटरहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हुन् र हामी र हाम्रो ग्राहकलाई जोड्ने पुल पनि हुन्। डिस्ट्रिब्युटरहरुको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो। हामीलाई विश्वास छ कि हामी यसैगरी समन्वया गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्नेछौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ।’

कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरुलाई उनीहरुको अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरुको पनि उपस्थति थियो।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?