National life

रोकिएन तरलता थपिनेक्रम- आज पुनः एक खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
556Shares
रोकिएन तरलता थपिनेक्रम- आज पुनः एक खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि व्यवस्थापन गर्न राष्ट्र बैंकले आपत्कालीन रूपमा बजारबाट निक्षेप उठाउन लागेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार (आज) बजारबाट थप एक खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको  हो । मंसिर २३ गते मात्र ७० अर्ब तानेको बैकले पुनः २१ लागि एक खर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।

बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी २१ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो। निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २४ गते हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधवार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।

केन्द्रीय बैंकले यसअघि मंसिर २ गते ५० अर्ब, ५ गते ४० अर्ब, ९ गते ५० अर्ब, १२ गते १०० अर्ब, १६ गते ५० अर्ब,  १९ गते ५० अर्ब,  २३ गते ७० अर्ब, २६ गते ४० अर्ब रुपैयाँ खिची सकेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?