National life

लघुवित्तको सेवा शुल्क​ सीमा घट्यो, अब कति कायम भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
802Shares
लघुवित्तको सेवा शुल्क​ सीमा घट्यो, अब कति कायम भयो ?
ncell

काठमाडौँ । लघुवित्त संस्थाहरूले कर्जा प्रवाहमा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो । यसअघि कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले स्वीकृत कर्जामा एक दशमलव पाँच प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था रहेको थियो ।

कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्न पाइने छैन, 'एकीकृत निर्देशनको संशोधनमा भनिएको छ,

कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा एक दशमलव तीन प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा वार्षिक एक दशमलव तीन प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।'

यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?