National life

लाभांश घोषणा गरेको रुरु जलविद्युत परियोजनाले डाक्यो साधारण सभा, यी हुन एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
522Shares
लाभांश घोषणा गरेको रुरु जलविद्युत परियोजनाले डाक्यो साधारण सभा, यी हुन एजेण्डा
ncell

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडले कम्पनीको १९औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले  उक्त सभा आह्वान गरेको हो ।

उक्त सभा कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै कम्पनीको बोनस सेयर जारी गर्ने तथा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी लाई आवश्यकता अनुसार वृद्धि गर्नुपर्ने भएको हुँदा प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण समितिका संयोजकले प्रस्तुत गर्ने प्रतिवेदन माथि छलफल गरि पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०८०र०८१ अवधिको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र लेखा परीक्षण समितिको सिफारिस अनुसार आव २०८०र०८१ को लागी लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?