काठमाडौँ । यही मंसिर २७ गतेका लागि नबिल बैंकले ४०औँ वार्षिक साधारण सभा बोलाएको छ । आज (मंसिर २ गते) बसेको बैंक सञ्चालक समितिको बैठकले माथि उल्लेखित मितिमा सभा गर्ने निर्णय गरेको हो।
बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । जस अनुसार मंसिर ९ गते सम्म कायम शेयर धनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ११ प्रतिशत नगद लाभांश वितरण गरेको यस बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयर धनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयर धनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।


































