National life

लोकसेवा आयोगमा ३८१ जनालाई जागिरको अवसर आवेदन कहाँ दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
1.1kShares
लोकसेवा आयोगमा ३८१ जनालाई जागिरको अवसर आवेदन कहाँ दिने ?
ncell

काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ ।

आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ।

Royal Enfield
nic asia capital
निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।

१७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ । २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?